काठमाडौँ । सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघले तय गरेको मूल्यसूची अनुसार हिजो मंगलबारको तुलनामा आज एकैदिनमा १२ सय रुपैयाँले घटन पुगेको हो ।
छापावाल सुनको तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ रहदा तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । मंगलवार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार १ सय ५० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेर प्रतितोला मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार मूल्य १३ सय ९५ रुपैयाँ थियो ।

































