काठमाडौँ। भाद्र महिनाको पहिरो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक २४.८२ अंकले घटेर २७६३.५४ को बिन्दुमा कायम भएको हो ।
आज शेयर बजारमा कुल सात अर्ब ६५ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ। आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ।आज सम्पदा लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.०६ प्रतिशतले घटेको हो । त्यसैगरी, ट्रेड टावर लिमिटेडको ५८८ प्रतिशत, प्रभु स्मार्ट फण्डको ४.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीको आज ५१ करोड ६७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको तीन करोड ५४ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २२ करोड ४२ लाख रुपैयाँ र शिवम् सिमेन्टको २२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


































