National life

भिजिट भिसा दुरुपयोग रोक्न कडा निर्देशन दिएको सरकारको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
2.3kShares
भिजिट भिसा दुरुपयोग रोक्न कडा निर्देशन दिएको सरकारको दाबी
ncell

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग नियन्त्रणका लागि सरकारले कडा निर्देशन दिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले वैदेशिक रोजगारीसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिए। उनका अनुसार कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन स्वदेश फर्किनुपर्ने बाध्यताका विकल्पबारे पनि श्रम मन्त्रालयले अध्ययन गरिरहेको छ, जसअनुसार विदेशमै बसेर भिसा रूपान्तरण गर्न सकिने व्यवस्था ल्याउने विषयमा छलफल भइरहेको छ।

त्यसैगरी, विद्युत् खपतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रश्नको जवाफ दिँदै उनले विद्युत् प्रणाली विस्तार र सुदृढीकरणका लागि स्रोत जुटाउन यस्तो व्यवस्था गरिएको स्पष्ट पारे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले तत्काल पूर्ण रूपमा विद्युतीय उपयोगतर्फ जान पूर्वाधार पर्याप्त नभएको उल्लेख गर्दै ट्रान्सफर्मर र सबस्टेसनको क्षमता विस्तार आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहका अनुसार ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामा ५ प्रतिशत भ्याट लगाएर संकलित रकम प्रसारण लाइन, सबस्टेसन तथा अन्य विद्युत् संरचना सुधारमा प्रयोग गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?