National life

भिजिट भिसा प्रकरण : समय फेरियो तर बस्दै नबसी स्थगन गरियो संसद् बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
442Shares
भिजिट भिसा प्रकरण : समय फेरियो तर बस्दै नबसी स्थगन गरियो संसद् बैठक
ncell

काठमाडौँ। आज दिउँसो १ बजे बस्ने गरी कार्यसूची तयार  पारिएको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् ।

सोही कारण दिउँसो १ बजे बोलाइएको बैठक ढिला गरी ३ः १५ का लागि सारिएको थियो । तर उक्त समयमा पनि बस्न नसकेपछि भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।

Royal Enfield
nic asia capital

सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?