National life
cg eloctronics

भौतिक पूर्वाधार मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असार २०८२, बुधबार
413Shares
भौतिक पूर्वाधार मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ. । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । गैर कानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध बुधवार ६ करोड बढी गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पौडेलले ६ करोड २७ लाख गैर कानुनी सम्पत्ति आर्जनको अख्तियारको आरोप छ। उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलले सरकारी सेवामा नियुक्ति लिएको ८ माघ ०५४ देखि १० मंसिर ०८० सम्मलाई अख्तियारले जाँच अवधि मानेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवधिमा पारिश्रमिक/तलब, दैनिक भ्रमण भत्ता, प्रोत्साहन तथा बैठक भत्ता, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटी, कृषि आय, जग्गा बिक्री, मुद्दती बचत कर्जा, विभिन्न कम्पनीहरूको शेयर बिक्री, ऋण/ सापटी फिर्तालगायत गरी पौडेल र एकाघरका सदस्यहरूको कुल ३ करोड ३९ लाख ८७ हजार ४९० आय आर्जन देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

घरजग्गा खरिद रजिस्ट्रेसन दस्तुर, घर निर्माण, आफू र परिवारका नाममा रहेको विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारीको खाताबाट विभिन्न व्यक्तिहरूलाई दिएको ऋण सापटी, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटीको साँवा व्याज भुक्तानीलगायतको हिसाब अख्तियारले गरेको छ।

त्यस्तै, विभिन्न कम्पनीहरूको शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद तथा नवीकरण, सुनलगायत बहुमूल्य धातुका गरगहना खरिद, विभिन्न व्यक्तिहरूलाई दिएको रकम, स्वदेशका विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरूमा रहेका खातामा भएको मुद्दती मौज्दात र बचत खातामा भएको बैंक मौज्दात रकमसमेत गरी जाँच अवधिमा कुल ९ करोड ६६ लाख ८० हजार ६२० खर्च तथा लगानी गरेको अख्तियारको दाबी छ ।

गैर कानुनी रूपमा आर्जन गरेको रकमलाई नै बिगो कायम गरी अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको छ । पौडेलले वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेकोसमेत पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐनबमोजिम थप सजायको मागवादी अख्तियारले गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?