काठमडौं । देशव्यापी रूपमा चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबिच गृह मन्त्रालयमा छलफल जारी छ । मन्त्रालयमा अघि दुई पक्षबिच छलफल सुरु भएको हो ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरूले आज एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् । आज देशभर सार्वजनिक यातायात ठप्प छन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूको आन्दोलनको कारण काठमाडौँ उपत्यकाका सडकहरूमा निजी मोटरसाइकल, कार र ट्याक्सीहरू भने निरन्तर रूपमा चलेका छन् । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन्।
यातायात व्यवसायीसँग सफल वार्ता भएको खण्डमा आज मात्रै बन्द कायम हुनेछ भने वार्ता निचोडमा नपुगेको खण्डमा बन्द थप लम्बाउने व्यवसायीले चेतावनी दिएका छन् । सडकमा जनतालाई सास्ती लामो छोटो दूरीको गाडी नचल्दा यात्रुहरूलाई सास्ती भएको छ ।


































