National life

मालपोत कार्यालय प्रमुख र सहयोगी २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
471Shares
मालपोत कार्यालय प्रमुख र सहयोगी २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा
ncell

काठमाडौँ । भक्तपुरका मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ लाख घुससहित नियन्त्रणमा लिएको छ।

कार्यालय प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई अख्तियारले नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनीहरूलाई मंगलबार कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।

आचार्य उदयपुर बेलका नगरपालिका-४ घर भई कागेश्वरी मनोहरा नगरपालिका(७ बस्छन्।

Royal Enfield
nic asia capital
भने राउत चाँगुनारायण नगरपालिका-९ घर भई मध्यपुर ठिमी नगरपालिका-१ मा बस्छन्।

उनीहरूले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गाको मोहीको नाममा जग्गा धनी प्रमाणपत्र बनाउने प्रयोजनाको लागि घुस लिएको अख्तियारले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?