National life

मेरो माइक्रो फाइनान्स लघुवित्तको खुद नाफामा सुधार, नाफासँगै खराब कर्जामा समेत वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
962Shares
मेरो माइक्रो फाइनान्स लघुवित्तको खुद नाफामा सुधार, नाफासँगै खराब कर्जामा समेत वृद्धि
ncell

काठमाडौँ। मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा ४.४५ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आवको चैत मसान्तसम्म १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चालु आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यता कम्पनी नाफासँगै खराब कर्जामा समेत वृद्धि भइरहेको छ । कम्पनीको खराब कर्जा गत वर्ष ७.६१ प्रतिशत रहेकोमा चालू आवमा बढेर खराब कर्जा ९.४९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १७ करोड ५८ लाख रुपैयाँबाट बढेर १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी पनि ६० करोड ९२ लाख रुपैयाँबाट बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। साथै, चुक्ता पुँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ७६ करोड रुपैयाँ सञ्चिति छ भने वितरणयोग्य नाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट घटेर १२ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ९१ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
962SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?