National life

म्युचुअल फन्डको सेयर लगानी मंसिरसम्म ५२ अर्ब ७९ करोड, घाटा घट्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
1.1kShares
म्युचुअल फन्डको सेयर लगानी मंसिरसम्म ५२ अर्ब ७९ करोड, घाटा घट्दै
ncell

काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुको लगानी क्रमशः बढ्दै गएको छ। सञ्चालनमा रहेका सामूहिक लगानी कोषहरूले मंसिर महिनासम्म सूचीकृत कम्पनीका सेयरमा कुल ५२ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेका छन्। यो कात्तिक महिनासँग तुलना गर्दा ५.३१ प्रतिशतको वृद्धि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल धितोपत्र बोर्ड र फन्ड व्यवस्थापक कम्पनीहरूले सार्वजनिक गरेको विवरण अनुसार, कात्तिकमा म्युचुअल फन्डहरूको सेयर बजारमा लगानी ५० अर्ब १२ करोड रुपैयाँ थियो। मंसिरमा बजारमा केही सुधार देखिएकाले फन्डहरूको घाटा घटेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो महिना फन्डहरूले ४ अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोरेका थिए।

हाल सञ्चालनमा रहेका ५३ वटा म्युचुअल फन्डमध्ये ८ वटा मात्रै नाफामा छन्, बाँकी सबै घाटामा देखिएका छन्। सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डले गरेको छ, जसले मंसिरसम्म सूचीकृत कम्पनीको सेयरमा ६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। कात्तिकमा यस फन्डको लगानी ६ अर्ब १ करोड रुपैयाँ थियो। त्यसैगरी, एनएमबि सरल बचत फन्डको लगानी ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

५३ मध्ये २० वटा फन्डले १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। न्याभ अनुसार प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा बढी ११.९१ रुपैयाँ, भने प्रभु सेलेक्ट फन्डको न्याभ ११.६४ रुपैयाँ रहेको छ। त्यस्तै, ५३ मध्ये ५ वटा फन्डको न्याभ ११ रुपैयाँभन्दा बढी, जबकि २७ वटा फन्डको न्याभ १० रुपैयाँभन्दा कम छ।

यसरी मंसिर महिनामा म्युचुअल फन्डहरूको लगानी वृद्धिले बजारमा सकारात्मक संकेत दिएको देखिन्छ, यद्यपि फन्डहरूको अधिकांश हिस्सा अझै घाटामा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?