National life

यी दुई कम्पनीको साधरणसभा आज बस्दै , लाभांश वितरण लगायत यी हुन एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
861Shares
यी दुई कम्पनीको साधरणसभा आज बस्दै , लाभांश वितरण लगायत यी हुन एजेण्डा
ncell

काठमाडौं । आज चैत १५ गते शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेसन र सिटिजन लाइफ इन्सुरेन्सको बार्षिक साधरणसभा बस्ने भएको छ । यी दुवै कम्पनीले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। उक्त, सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ। सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

त्यस्तै, सिटिजन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण प्रस्ताव पेश गर्नेछ ।

कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ। सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ। फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?