काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
बिहीबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा दुई जनाकै पक्षका वकिलहरूले बहस गरेका छन्। तर बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
गत मंगलबारदेखि नै रविका वकिलहरूले बहस गरेका थिए। लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । त्यस्तै, सरकारी वकिलको बहस पनि सकिएको छ । अब जाहेरवालाको तर्फबाट बहस बाँकी छ ।
अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए। तर उनको उक्त दिन नटुंगिएपछि बिहीबार टुंग्याएका हुन्। त्यसपछि छविलाल जोशी पक्षका वकिलहरूले बहस सुरू गरेका थिए। उनको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, अधिवक्ता अपूर्व खतिवडाले बहस गरे। वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले शुक्रवारको इजलासमा बहस गर्ने तयारी गरेका छन्।
यस्तै सरकारी वकिलको तर्फबाट पाँच जनाले बहस गरेका थिए। नायब महान्यायाधिवक्ता लोकराज पराजुली, गोबिन्द खनाल, दिनेश घिमिरे लगायतले बहस गरेका थिए।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश गरेको थियो।






































