काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन बढेको बताएका छन्। बुधवार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले आर्थिक संस्था समेत कब्जामा गएको बताएका छन्।
वाग्लेले राजनीतिक नेतृत्व पङ्गु, भ्रष्ट, निकम्मा बन्दै गएको अवस्थामा अब राष्ट्र बैंक, बिमा प्राधिकरण र धितोपत्र बोर्ड बिचौलियाहरूको क्याप्चर गरेको धारणा राखेका छन्। उनले भने, “आर्थिक संस्थाहरू बिचौलियाको कब्जामा गयो । आर्थिक क्षेत्रहरु निरपेक्ष रुपमा जोगाइएको थियो सिल्डेड थियो। अब यो गयो पोलिसि लबिङ, करप्सन, क्याप्चर जुन देखिराख्या’ छ विभिन्न संस्थाहरुमा यसलाई कसरी सिल्ड गर्ने फर्दर कसरी सिल्ड गर्ने रु यसमा प्रुडेन्सियल रेगुलेशन देखी लिएर लेजिष्लेटिभ कभर पनि हुनुपर्छ भन्ने मलाई लागेको छ।
राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड विज्ञहरूले चलाउने भन्ने हो भन्दा भन्दै, हेर्दाहेर्दै यो डुबाउने दिशातर्फ लगिएको छ। यसलाई सिल्ड कसरी गर्ने रिस्ट्रक्चर कसरी गर्ने रु सोच्नु पर्ने बला आएको छ ।”उनले भने सांसद वाग्लेले बिचौलियाको चलखेल धेरै बढेको बताउँदै यसलाई रोक्ने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए।
जताततै कुशासन बढेको एफएटिएफदेखि लिएर ग्रेलिस्टहरुले नै देखाउँछ, आर्थिक क्षेत्र पहिले बिचौलियाहरूबाट निरपेक्ष रुपमा जोगाइएको थियो । अब बिचौलियाको राज भयो । नीतिगत चलखेल, भ्रष्टाचार, आर्थिक संस्थाहरू कब्जा गर्ने थिती देखिरहेको छ । वाग्लेले भने






































