National life
cg eloctronics

राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा ईश्वरी न्यौपानेको मनोनयन दर्ता, बुधवार निर्वाचन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
478Shares
राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा ईश्वरी न्यौपानेको मनोनयन दर्ता, बुधवार निर्वाचन हुने
ncell

काठमाडौँ। राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गरेकी छन् ।

मङ्गलवार प्रतिनिधि सभाका सचिवको कार्यकक्षमा न्यौपानेले पूर्व सभापति एवं कांग्रेस सांसद रामहरि खतिवडाको प्रस्तावमा सभापतिमा उम्मेदवारी दिएकी हुन् । दलीय सहमति अनुसार राज्य व्यवस्था समितिको सभापति कांग्रेसको भागमा परेकोले अब न्यौपाने सभापति हुने निश्चित भएको छ ।

संघीय संसद् नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था नेपाली काँग्रेसकी न्यौपानेले यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकोमा आजै राजीनामा दिएर मनोनयन दर्ता गराएकी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अगाडि कांग्रेसकै सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।

संघीय संसद् सचिवालयले समितिको सभापतिको निर्वाचनको कार्य तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता समय राखिएको थियो ।  आजै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधवार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका रहेको छ ।

https://aarthikvoice.com/archives/71869

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?