National life

राप्रपाको प्रदर्शनकारी र प्रहरीबिच झडप: प्रहरीले हान्यो पानीको फोहोरा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
642Shares
राप्रपाको प्रदर्शनकारी र प्रहरीबिच झडप: प्रहरीले हान्यो पानीको फोहोरा
ncell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबिचमा झडप भएको छ ।

राप्रपाको प्रदर्शनकारीले भृकुटीमण्डपबाट शुरु गरेको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ।

४० बुँदे माग राखेर राप्रपा आन्दोलनमा उत्रिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?