काठमाडौँ । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । राष्ट्रबैंकको गभर्नरमा विश्व पौडेल आएसँगै उछाल देखिएको शेयर बजारमा अन्तिम समयमा आएर गिरावट आएको छ । बजार खलेपछिको पहिलो प्रहरमा नेप्सेमा उत्साहपूर्ण ढङ्गले बढेको थियो ।
बजार बढेर २७७२ विन्दु आसपाससम्म पनि पुगेको थियो ।
आज, सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता शेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको शेयर कारोबार भएको छ। हिजो सबै सूचकमा हरियाली छाएको थियो भने आज चार सूचकमा मात्रै हरियाली छाएको छ।
फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावार १.०, लगानी ०.१३, जीवन बीमा ०.१५, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.०१, अन्य ०.६३ तथा व्यापार ०.५१ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिन्धु विकास बैंकको ५.११, सप्तकोशी विकास बैंकको ४.७४, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ तथा एनएलजी इन्स्योरेन्सको ४.१२ प्रतिशत मूल्य बढ्यो ।
यसअघि ३२ सयको उच्चतम विन्दुमा पुगेको बजार सोही केन्द्रीय बैंकले कस्ने नीति ल्याएपछि घटेको थियो । विशेष गरी सेयर कर्जामा १५ करोडको सीमा, बढी जोखिम भार तथा बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबारमा रोकलगायतका कारण बजार प्रभावित भएको जानकारहरुको भनाई छ ।
उक्त दिन सेयर बजारमा गिरावट आउँदा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सिन्धु विकास बैंकको ५.७९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ५ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ४.४२ प्रतिशतले बढेको हो।
उक्त दिन सबैभन्दा बढी राधी विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको ५९ करोड १० लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।































