National life

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन आजदेखि,क–कसले दिन पाउछन आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० माघ २०८०, बुधबार
1.1kShares
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन आजदेखि,क–कसले दिन पाउछन आवेदन ?
ncell

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक विल्डिङ प्रक्रिया मार्फत आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले आज(माघ १० गते)देखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

Royal Enfield
nic asia capital

कम्पनीले अनुमति पाएको कुल सेयरमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो । सेयरको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि बोलकबोल प्रणालीमार्फत सेयर बिक्री गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ।

कटअफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग भए धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गरिनेछ । त्यस्तै कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको ७ दिनभित्र सर्वसाधारणलाई छुट्टाएको ६० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नेछ । सर्वसाधारणलाई कट अफ मूल्यमा १० प्रतिशत छूट प्रदान गरी आईपीओ निष्कासन गरिनेछ ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि १०.७४ वर्ष रहेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?