National life

लगातार ६ दिनसम्म बढेको शेयर बजारमा करेक्सन, ११ उपसूचक राताम्मै, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असार २०८२, सोमबार
483Shares
लगातार ६ दिनसम्म बढेको शेयर बजारमा करेक्सन, ११ उपसूचक राताम्मै, कारोबार कति ?
ncell

काठमाडौँ । लगातार ६ कारोबारका दिनसम्म बढेको शेयर बजारमा साताको दोस्रो कारोबारका दिन आज गिरावट आएको छ । यस दिन शेयर बजार दोहोरो अंकले घटेको हो ।

आज नेप्से परिसूचक २१.६० अंकले घटेर २६८४.७६ को बिन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज नेप्से सहित शेयर कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ८० करोड ७० लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । भने एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको २४ करोड १७ लाख ८ हजार रुपैंया, सहास ऊर्जा लिमिटेडको २० करोड ४५ लाख ५४ हजार रुपैयाँ कारोबार भएको हो ।

सेयर बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ । यस दिन राप्ती हाइड्रोको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गुडविल फाइनान्स डिवे१चर २९८३ को ९.६६ प्रतिशत, ग्रिन डेभपलमेन्ट बैकको ९.४९ प्रतिशत, नेपाल फाइनान्सको ५।३९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?