National life

लगानीकर्ताहरुमा कन्फिडेन्ट छाउँन थालेको छ,शेयर बजारले थप उचाई लिन्छ: रौनियार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
931Shares
लगानीकर्ताहरुमा कन्फिडेन्ट छाउँन थालेको छ,शेयर बजारले थप उचाई लिन्छ: रौनियार
ncell

काठमाडौं । शेयर लगानीकर्ताहरुका नेता छोटेलाल रौनियारले पछिल्लो समय वृद्धि भएको शेयर बजारको विषयमा रोचक विश्लेषण गरेका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा उनले पछिल्लो समय शेयर बजारमा देखिएको उछालको विषयमा केन्द्रित रहेर प्रतिक्रीया दिएका हुन् ।

रौनियारले हाल लगानीकर्ताहरुमा कन्फिडेन्ट देखिने भन्दा पनि सेमि कन्फिडेन्ट चाही सुरु भएको आँकलन गरे । हिजो मात्रै शेयर पछिल्लो दुई महिनाकै उच्च बिन्दुमा पुगेर दुई कम्पनीहरुको कारोबारमा सर्किट लागेको बेलामा उनले बजारमा खासै ठूलो केही भएको नभई सामान्य रुपमा वृद्धिको लक्षण देखिएको स्वीकार गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले केही दिन अघि लगानीकर्ताहरु आन्दोलित हुनुपरेको प्रसंग जोड्दै तत्काल बजार बढ्दैमा उत्साहित हुनुपर्ने अवस्था नरहेको र आफ्ना धेरै मागहरु पूरा हुँन बाँकी नै रहेको स्पष्ट पारेका हुन् । त्यस्ता मागहरु पूरा हुँदा शेयर बजारले थप उचाईको गति लिने उनको भनाई छ ।

यता नयाँ अर्थमन्त्रीले सुधारको कुरा गरे पनि गर्नु पर्ने कामहरु एकपछि अर्को गर्दै थुप्रिएर बसेको सुनाए । उनले आफूहरुले सुझाव दिएको सम्झदै बजेट निर्माणको काम पनि अघि बढेको र अगामी बजेटमार्फत लगानीकर्ताहरुको माग समेत सम्बोधन हुनुपर्ने बताएका छन् । ब्रोकर कसिमशनमा भएको हेरफेरले बजारलाई सकारात्मक दिशामा लगेको उनले विश्वास पनि व्यक्त गरेका छन् ।

हाल लगानीकर्ताहरुलाई दिइएका कतिपय आश्वासनका कारण बजार बढेको र भोलिका दिनमा त्यस्ता कतिपय आश्वासनहरु झुटा साबित हुन नहुनेमा पनि जोड दिएका छन् । उनै रौनियाले हप्ता पाँच दिनको कारोबारमा बजार बढ्ने र केही दिनमा घट्ने भन्ने कुराहरु आउँदैमा हामीले बजारको कारोबार ठिक या गलत भनि हाल्न नसकिने बताए । विगतमा २२ सयमा पुगेर पनि बजार सात,आठ पल्ट तल पनि आएको नेपाली शेयर बजारको अवस्था स्मरण गराउँदै उनले बजार लगातार पाँच सात, दिन बढ्दा लगानीकर्ताहरुको निराशा केही हदसम्म भने कम भएको अनुमान गर्न सकिने बताएका छन् ।

साथै, लगानी सम्मेलनले शेयर बजारमा पारेको प्रभाव बारेमा खुल्दै उनले अनिश्चित कुराहरुले अबको बजारलाई लामो समय बढ्न नदिने बताए । बैंकहरुको रिजर्भ, सरप्लस, इन्टे्रस्ट रेट राम्रै रहेको बेलामा र व्याज घटेको अवस्थामा पनि शेयर बजार भने धेरै सकारात्मक हुन नसकेको उनको आँकलन छ । उनले आगामी दिनमा उद्योगी व्यापारीहरुको मनोबल बढाउँने किसिमले सुधारका कार्यक्रम तय हुनुपर्ने, नयाँ पुराना लगानीकर्ताहरुमा बजार प्रति आशा आशा जाग्नु पर्ने र आफूहरुले बुँदागत रुपमा अर्थमन्त्रीलाई दिएका सुझावहरु सरकारले पनि सकेसम्म कार्यन्वयन गर्नु पर्ने प्रतिक्रीया दिएका छन् ।

 

 

 

 

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
931SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?