National life
cg eloctronics

लामिछानेलाई धरौटीमा छाड्न अस्विकार, थुनामै राख्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
511Shares
लामिछानेलाई धरौटीमा छाड्न अस्विकार, थुनामै राख्न आदेश
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामै पठाइने भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटीमा छाड्न माग गरेको निवेदन अस्विकार गरेको हो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

लामिछानेले उच्चको आदेशविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो।

साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी लामिछानेका कानुन व्यवसायीबाट दुवै दिन स्थगित भएको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?