National life
cg eloctronics

लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ जारी, थुन्ने कि छोड्ने आदेश आजै आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
558Shares
लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ जारी, थुन्ने कि छोड्ने आदेश आजै आउने
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथिको सुनुवाइ लम्बिएको छ ।

पार्टी सभापति लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिएका छन् । सुनुवाइ सकिए लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा थुनामुक्त गर्ने कि थुनामै राख्ने भन्ने आदेश आउने बस्नेतको भनाई छ ।

सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका  लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए।

उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन्।  निवेदन उपर लामिछाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?