National life

विकास हाइड्रोपावरको आइपीओमा दोस्रो दिनसम्म मागभन्दा ४.६५ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
410Shares
विकास हाइड्रोपावरको आइपीओमा दोस्रो दिनसम्म मागभन्दा ४.६५ गुणा बढी आवेदन
ncell

काठमाडौँ । विकास हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा दोस्रो दिनसम्म १ अर्ब ३७ करोड ९ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

सीडीएसका अनुसार बिहीबार साँझसम्म ११ लाख १३ हजार ५८५ जनाले १ करोड ३७ लाख ६ हजार ९८० कित्ताका लागि आवेदन दिएको जनाएको छ। यो आवेदन मागभन्दा ४.६५ गुणा बढी हो ।

Royal Enfield
nic asia capital

कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणको लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यसअघि ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणलाई जारी भएको आइपीओको बिक्री असार २२ गते बन्द हुनेछ। आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?