काठमाण्डौ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओको बाँडफाँड आज धितोपत्र बिक्री प्रबन्धक रहेको प्रभु क्यापिटलको कमलादी कार्यालयमा भएको हो ।
कम्पनीले गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो ।
त्यसमध्ये २० लाख ५६ हजार २०७ आवेदन सदर भएको र ९४ हजार ४६४ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड ३६ लाख ५५ हजार ३७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।
कुल सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनालाई १० कित्ताका दरले २९ लाख ४२ हजार ७६० कित्ता शेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख ६१ हजार ९३१ सदर आवेदकको हात भने खाली भएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।


































