National life

विपिन जोशीको रिहाइको पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
334Shares
विपिन जोशीको रिहाइको पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह
ncell

काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिन कतार र इजिप्ट सरकारसँग दोहोराएर आग्रह गरेको छ।

नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको हो। हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाले इजिप्ट सरकार समक्ष सो आग्रह गरेकी हुन् । मन्त्री डा.राणाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छन् । हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेश मन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताएका थिए ।

यसअघि गत बुधवार उनले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग सो आग्रह गरेकी थिइन् । हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा बृद्धबृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार बाहिरिएपछि मन्त्री डा। राणाले विपिनको रिहाइका लागि पुनः कूटनीतिक पहल अघि बढाएकी हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
334SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?