काठमाण्डौ । मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय भएको छ । लगानी बोर्डको ६४ औँ बैठकले उक्त स्विकृत गरेको हो ।
प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटीरनयाँ पुल) बाट मुस्ताङको मुक्तिनाथसम्म सात ठाउँमा स्टेशनसहित ८१ किलोमिटर चारसय १० मिटर लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।
https://www.youtube.com/watch?v=y9WhhByXyJg
५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ लागत रहने मुक्तिनाथ केवलकार परियोजना मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले मुक्तिनाथ दर्शन प्रालिसँग परियोजना विकासको सम्झौताको सर्तलगायत विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।
यो केवलकार सञ्चालनमा आएमा स्थानीयस्तरमा पर्यटकसँगै रोजगारी वृद्धि हुने अपेक्षा छ । बैठकले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।
त्यसैगरी ४३ दशमलव २ मेगावाटको छिलुुङ खोला जलविद्युुत आयोजना, २ सय १६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत् परियोजनाको लगानी स्वीकृतिको निर्णय भएको छ ।


































