National life

शान्ति वार्ता असफल भएपछि ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
1.4kShares
शान्ति वार्ता असफल भएपछि ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा
ncell

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत उक्त मार्ग प्रयोग गर्ने सबै जहाजहरूलाई रोकेर जाँच गरिने बताएका हुन्। विशेषगरी इरानलाई शुल्क तिर्ने जहाजहरूलाई विशेष निगरानीमा राखिने उनको भनाइ छ।

ट्रम्पका अनुसार, इरानलाई गैरकानुनी रूपमा शुल्क बुझाउने जहाजहरूलाई सुरक्षित आवागमनको सुविधा दिइने छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस निर्णयको उद्देश्य इरानको आर्थिक क्षमतालाई कमजोर बनाउने रहेको छ। साथै, अमेरिका जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको र आवश्यक परे युद्ध अन्त्यका लागि कदम चाल्न सकिने पनि उनले बताएका छन्।

यसअघि इरानका उपसभामुख हाजी बाबाईले सो जलमार्ग इरानको नियन्त्रणमा रहेको दाबी गर्दै त्यसलाई “रेड लाइन” का रूपमा व्याख्या गरेका थिए। उनले त्यहाँबाट गुज्रने जहाजहरूले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए।

यसैबीच, इरान र अमेरिकाबीच इस्लामाबादमा करिब २१ घण्टा लामो वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेन। होर्मुज जलमार्ग सञ्चालन र आणविक कार्यक्रमका विषयमा दुबै देशबीच मतभेद कायमै रहेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?