काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएको दोस्रो दिन आज शेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिन हरियाली देखिएको शेयर बजारमा आज सोमबार गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अकंले घटेर २७२८.८० बिन्दुमा कायम भएको छ ।
हिजो सर्वाधिक बढेको वाणिज्य बैंक समूह आज सर्वाधिक ओरालो लागेको छ । आज वाणिज्य बैंक समूहको २.२५ प्रतिशतले घटेको छ। साथै, विकास बैंकको १.४३ प्रतिशत, जीवन बीमा समूहको १.२९ प्रतिशत र माइक्रो फाइनान्स समूहको १.०१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइएको छ। सोमबारको बजारमा देखिएको करेक्सन सामान्य प्रक्रिया भएको लगानीकर्ताको भनाई छ । आइतबार हरियाली देखिएको बजारमा आज गिरावट आउनुलाई कतिपयले ‘करेक्सन’ का रूपमा हेरेका छन् ।
सेयर बजारमा एकोहोरो बढिरहने मात्र गर्दैन । बजारमा केही समयको वृद्धिपछि करेक्सन आउनुलाई सामान्य नै मानिन्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारका लागि थप सकारात्मक वातावरण सिर्जना गरिदिएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ८८ लाख रुपैयाँ, बुटवल पावरः ३९ करोड ४५ लाख रुपैयाँ, सानिमा बैंकः २४ करोड ७५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकः २३ करोड ९० लाख रुपैयाँ, साहास ऊर्जाः १८ करोड १० लाख रुपैयाँ, राधी विद्युतः १५ करोड ७३ लाख रुपैयाँ, ङादी ग्रुप पावरः १५ करोड ६० लाख रुपैयाँ र कुमारी बैंकः १५ करोड ४६ लाख रुपैयाँ त्यस्तै, ग्लोबल आइएमई बैंकः १५ करोड ११ लाख रुपैयाँ


































