काठमाडौँ । साताको तेस्रो दिन कारोबारका दिन अर्थात् मङ्गलवार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। सोमबार करेक्सन आएको बजारमा आज मङ्गलवार हरियाली देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६ अकंले बढेर २७६२.५७ बिन्दुमा कायम भएको छ।
त्यस्तै, आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशत शेयर मूल्य बढेको छ ।
बजार बढेसँगै आज पनि हाइड्रोपावर सेक्टरका कम्पनीहरूको उच्च कारोबार भएको छ । मङ्गलवार बुटवल पावर कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँले सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, एनआइसी एशिया बैंकको ३० करोड ३१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।


































