National life

शेयर बजारमा लगातार गिरावट : कारोबार रकममा भने सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
1.1kShares
शेयर बजारमा लगातार गिरावट : कारोबार रकममा भने सुधार
ncell

काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन आज शेयर बजार ओरालो लागेको छ । आज सहित निरन्तर चौथो दिन बजार घटेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) ८.५६ अकंले घटेर २६३२.४० बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३१३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ।

आज २ वटा कम्पनीको सकारात्मक सर्किट लागेको छ । भने २ वटा नै नकारात्मक सर्किटमा कारोबार भएको छ । केन्द्रीय बैंकले शेयर धितो कर्जामा जोखिम भार घटाउनु, ब्याजदरमा गिरावट र बैंकिङ प्रणालीमा तरलता वृद्धि जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि बजार सुस्त गतिमा चलिरहेको छ ।

आज घटेको बजारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको यूनिभर्सल पावर कम्पनीको ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

साथै, आज ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख ६२ हजार रुपैंया, बुटवल पावर कम्पनीको ४४ करोड ५१ लाख ५१ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४४ करोड ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?