National life

शेयर बजारमा लगातार तेस्रो दिन समेत गिरावट, कारोबार रकममा सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
620Shares
शेयर बजारमा लगातार तेस्रो दिन समेत गिरावट, कारोबार रकममा सुधार
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा गिरावट आएको छ । यो सँगै निरन्तर तेस्रो दिन समेत शेयर बजार ओरालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४९ अकंले घटेर २६४१.४६ बिन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । केन्द्रीय बैंकले शेयर धितो कर्जामा जोखिम भार घटाउनु, ब्याजदरमा गिरावट र बैंकिङ प्रणालीमा तरलता वृद्धि जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि बजार लगातार सुस्त बनिरहेको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार घटाइएकाले सेयर कर्जा प्रवाहमा थप उत्साहित हुने आशा राखिएको थियो । तर जोखिम भार कम भएपछि सेयर धितो कर्जाको ब्याजदर थप सस्तो हुने भए पनि बजारले गति लिन सकेको छैन ।

आज घटेको शेयर बजारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख १० हजार रुपैंया कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?