काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा झिनो अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक ३.७५ प्रतिशतले बढेर २७०७ को बिन्दुमा कायम भएको छ।
गत हप्ता भएको ५ कारोबारका दिन बजार बढेको थियो ।
यसदिन फाइनान्स समूहको शेयर २.१६ प्रतिशतले बढेको हो । साथै, अन्य समूह अन्तर्गतको ३.०९ प्रतिशतले शेयर मूल्य बढेको हो । यता, सर्वाधिक घट्नेमा आज विकास बैंक रहेको छ । बैंकको मूल्य १.४९ प्रतिशतले बढेको हो ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार कुल नौ अर्ब रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, उक्त दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ४९ करोड ४० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकको संस्थापक सेयरको को ३७ करोड ८१ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ३४करोड २४ लाख ७० हजार रुपैंया, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो।


































