काठमाडौँ । शेयर बजारको बढ्नेक्रमले साताको चौथो कारोबारका दिन समेत निरन्तरता पाएको छ । लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा शेयर बजारले समेत निरन्तर गति लिएको छ ।
नेपाल स्टक एक्कचेञ्ज (नेप्से) ९.६१ अंंकले बढेर २९८३.३१ बिन्दुमा कायम भएको छ।
आज ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ। शेयर बजारमा सुधार आए पनि कारोबार रकम भने घटेको हो ।
आज ६ उपसूचक राताम्य भएको छ भने ७ उपसूचकमा हरियाली आएको छ। त्यस्तै, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यसदिन ९८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ। आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा रौनक देखिएको छ ।


































