काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । पछिल्लो केही कारोबारका यता बजार निरन्तर रुपमा ओरालिएको छ ।
आज नेप्से १३.०९ अकंले घटेर २६३२.९४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
आज व्यापार समूहको शेयर मूल्य ०.७९ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको स्थिर रहेको छ । अन्य ११ उपसूचक भने राताम्य रहेको देखिन्छ ।
मंगलवार ६७ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ ।
आज शेयर बजार घटेपनि मानुषि लघुवित्त वित्तीयको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज संस्थाको शेयरमूल्य प्रतिकित्ता १७३ रुपैयाँले बढेर १९०३ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशतले बढेर १०५५ रुपैयाँ पुगेको छ । आज अप्पर स्यांगे हाइड्रोपावरको ७.५४ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ५.८० प्रतिशतले शेयरमूल्य बढेको छ ।
बढी कमाएका १० कम्पनीहरु



































