National life

शेयर लगानीकर्ताहरु भन्छन्-मौद्रिक नीति समिक्षा न्यूट्रल किसिमको छ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ जेठ २०८१, शुक्रबार
819Shares
शेयर लगानीकर्ताहरु भन्छन्-मौद्रिक नीति समिक्षा न्यूट्रल किसिमको छ
ncell

काठमाडौं । शेयर लगानीकर्ताहरुले मौद्रिक नीति समिक्षा आफूहरुले सोचे अनुरुप नआएको बताएका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा उनीहरुले शेयर लगानीकर्ताहरुका लागि मौद्रिक नीति समिक्षा नहुनु मामाभन्दा कानो मामा निको जस्तोदेखि न्यूट्रल रहेकोसम्म विश्लेषण गरेका हुन् । सोही विषयमा केन्द्रित रहेर अनुभवि लगानीकर्ताहरुले सटिक धारणा दिएका छन् ।

शेयर लगानीकर्ताहरुका नेता छोटेलाल रौनियारले आर्थिक भ्वाईसँग भने, ‘हामीले जम्मा तीन वटा कुराहरु उठाएका थियौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यो कुनै पनि कुराहरु समाधान भएन । पहिलो कुरा भनेको हामीले १२५ प्रतिशतको रिक्स वेटेजलाई १०० गर्न माग गरेका थियौं । त्यस्तै, हाम्रो १५, २० करोडको सिलिङ रहेको पनि तपाईहरुलाई थाहै छ । त्यो १५ करोड व्यक्तीगत र २० करोड कम्पनीलाई लाग्ने गरेको छ । त्यो सिलिङ नै हट्नु पर्छ भन्ने हाम्रो माग हो । तेस्रो भनेको चाही डिपोजिटमा व्याजरेट घटिरहेको अवस्थामा लेन्डिङमा समेत घट्नु पर्छ भन्ने हाम्रो मागहरु हो ।’ लगानीकर्ता रौनियारले आफूहरुले मागेका कुनै पनि कुरा समावेश नभए पनि असर पर्ने किसिमका नराम्रा नीति पनि नआएको भन्दै नहुनु मामा भन्दा कानो मामा निको भन्ने प्रसंग समेत जोडेका छन् ।

यता लगानीकर्ताहरुकी नेत्री राधा पोखरेलले पनि सोही मौद्रक नीति समिक्षाको विषयलाई लिएर भन्छिन्,‘अहिलेको बजारमा एउटा समान्य सिटामोलले मात्रै पुग्दैन । सिटामोल बाडने भन्दा पनि ट्याक्कै काम गर्ने किसिमको औषधी जस्तो पोलिसी सरकारले बनाउँने बेला आएको छ । यस्तो बेलामा सरकारका पोलिसीले न त धेरै हर्ष मान्ने अवस्था पनि छैन वा केही बिग्रीयो भनेर दुख मान्ने अवस्था पनि छैन ।’ पोखरेलले उक्त पोलिसी न्यूट्रल किसिमको रहेकोमा जोड दिएकी हुन् ।

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?