National life

संघीय निजामती सेवा ऐनको माग गर्दै कर्मचारीको कालोपट्टी आन्दोलन सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
505Shares
संघीय निजामती सेवा ऐनको माग गर्दै कर्मचारीको कालोपट्टी आन्दोलन सुरु
ncell

काठमाडौं । संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका निजामती कर्मचारीहरूले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को नेतृत्वमा आन्दोलन सुरु गरिएको हो ।

निर्देशक समितिमा विभिन्न राजनीतिक दलसम्बद्ध कर्मचारी संगठनहरू आवद्ध छन् । तीमध्ये नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्च रहेका छन्।

Royal Enfield
nic asia capital

जेठ २० गते अम्बादत्त भट्टको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले माग पूरा नभएसम्म जेठ २५ गतेदेखि कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि देशभरका निजामती कर्मचारीहरू कालोपट्टी बाँधेर कार्यालय सेवा सञ्चालन गरिरहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?