National life

संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
479Shares
संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता
ncell

काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) को लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।

समितिले संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जनाएको हो। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।

Royal Enfield
nic asia capital

‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु,’ अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?