काठमाडौँ। शिक्षक महासंघले बैठक बोलाएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि महासंघले बैंठक बोलाएको हो ।
समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघले बिहीबारका लागि बैठक बोलाएको हो । बैठकमा आगामी यात्रा कसरी तय गर्ने ? के गर्ने, कसरी जाने भनेर निर्णय गर्ने महासंघले जनाएको छ ।
गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।






































