National life

समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाम सार्वजनिक, दोहोरो कर्जा लिएको खुलासा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
1.5kShares
समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाम सार्वजनिक, दोहोरो कर्जा लिएको खुलासा
ncell

काठमाडौं। समस्यामा परेका सहकारी संस्थाहरूमा ठूलो रकम लिने ऋणीहरूले एकभन्दा बढी संस्थाबाट कर्जा लिएको तथ्य खुलेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार केही व्यक्तिहरूले विभिन्न सहकारीबाट ऋण लिएर तिर्न बाँकी राखेको भेटिएको हो।

कार्यालयले दिएको जानकारीअनुसार केही ऋणीले एउटै संस्थाभित्रै पनि पटक–पटक कर्जा लिएको पाइएको छ ।उदाहरणका रूपमा रामप्रसाद पौडेलले नागरिक कल्याण बहुउद्देश्यीय सहकारीबाट दुईवटा कर्जा लिएका छन् भने अशोक कुमार अग्रवालले तुलसी बहुउद्देश्यीय सहकारीबाट दुईवटा ऋण लिएको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, ज्ञानबहादुर तामाङले तीन फरक सहकारी संस्थाबाट ऋण लिएको विवरण सार्वजनिक भएको छ । उनले तपाई हाम्रो, घेदुङ र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा लिएका छन् । समितिका अनुसार ती सबै संस्थामा उनी ठूलो रकम तिर्न बाँकी रहेका ऋणीमध्येका एक हुन् ।

समितिले बारम्बार सम्पर्क गर्दा पनि ऋणीहरू सम्पर्कमा नआएपछि उनीहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ । यसअनुसार समस्याग्रस्त १० सहकारीसँग सम्बन्धित ८२ जना ठूला ऋणीको विवरण सार्वजनिक गरिएको हो । समितिले ती सबैलाई छिटो कार्यालयमा उपस्थित भई ऋण तिर्न निर्देशन दिएको छ, अन्यथा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

बचतकर्ताको रकम फिर्ता गराउने उद्देश्यले ठूलो रकम लिने ऋणीबाट असुलीलाई प्राथमिकता दिइएको समितिले जनाएको छ । प्रारम्भिक चरणमा साना बचतकर्तालाई रकम फिर्ता गर्ने योजना बनाइएको छ ।

हाल समितिले घेदुङ, हाम्रो सगरमाथा, तपाई हाम्रो, नागरिक कल्याण, आइडियल यमुना, तुलसी, नेपाल वित्तीय, ओरियन्टल कोअपरेटिभ, गौतम श्री र नेपाल सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?