काठमाडौं । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको सूची सार्वजनिक गरेको छ । विभागले १३ वटा सहकारी संस्थाहरुको नामावली सार्वजनिक गरेको हाे ।
२०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषणा गरिएको सहकारीकाे नामावली सार्वजनिक गरेको हाे ।
पछिल्लो समय सहकारी क्षेत्रमा चरम समस्या देखिएको भए पनि विभागले भने गत साउनमा एउटा मात्रै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।


































