National life

साँझ ६ बजे मन्त्रीपरिषद् बैठक आव्हान, मन्त्री गुप्ताको घुस अडियो बारे छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
861Shares
साँझ ६ बजे मन्त्रीपरिषद् बैठक आव्हान, मन्त्री गुप्ताको घुस अडियो बारे छलफल हुने
ncell

काठमाडौँ । आज साँझ मन्त्रीपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ६ बजेका लागि बैठक आव्हान गरेका छन् ।

आजको बैठकमा नियमित भए पनि उक्त बैंठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी आरोपबारे समेत छलफल हुने स्रोतको भनाई छ ।

गुप्ताले घुस मागेको एउटा अडियो सार्वजनिक भएको छ ।

Royal Enfield
nic asia capital
अडियो अनुसार २०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम बुझेको देखिन्छ ।

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री फेरबदलको तयारीमा रहेको कारण विवादमा मुछिएका मन्त्री फेर्ने वा सबै मन्त्रालय फेरबदल गर्ने अन्योल रहेको उनी निकट स्रोतले बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?