National life

साउन १ बाट धरहरा खुल्ने समयावधि थप, शनिवारका ठाउँमा बुधवार बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
483Shares
साउन १ बाट धरहरा खुल्ने समयावधि थप, शनिवारका ठाउँमा बुधवार बन्द हुने
ncell

काठमाडौँ। आगामी महिना साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको छ। सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने भएको छ ।

धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको हो । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ।

Royal Enfield
nic asia capital
सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ ।

अब दुई सिफ्टमा धरहरा सञ्चालन हुने भएको हो । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला हुनेछ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?