National life

साताभर ४.५१ अंक बढ्यो नेप्से परिसूचक , कारोबार रकममा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ जेठ २०८२, शनिबार
587Shares
साताभर ४.५१ अंक बढ्यो नेप्से परिसूचक , कारोबार रकममा गिरावट
ncell

काठमाडौँ । यस साता नेप्से परिसूचक झिनो अंकले बढेको छ । गत साता २६८८.५५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१७ प्रतिशत अर्थात् ४.५१ अंक बढेर २६९३.०६ विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

साताभरमा ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको हो । यस साता सेन्सेटिभ इण्डेक्स ३.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।

यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ५८ करोडको शेयर किनबेच भएको छ। यस साता दैनिक औषत शेयर संख्या ७.३५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १३.१६ प्रतिशत घटेको छ।

त्यस्तै, यस साता १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस साता सर्वाधिक २.७४ प्रतिशत घटेको छ।

साथै, यस साता नेप्सेमा १ करोड ८६ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको छ। यस साता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनसशेयर र पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?