National life
cg eloctronics

सामसङले भारतमै थाल्यो ल्यापटपको उत्पादन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
1.2kShares
सामसङले भारतमै थाल्यो ल्यापटपको उत्पादन
ncell

काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले भारतको ग्रेटर नोएडास्थित कारखानाबाट ल्यापटप उत्पादन सुरु गरेको छ। यसअघि फिचर फोन, स्मार्टफोन, ट्याब्लेट र वेयरेबल उत्पादन गर्दै आएको यस कारखानाबाट अब ल्यापटप पनि निर्माण हुने भएको हो।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार सामसङले भारतमा आफ्नो उत्पादन दायरा बढाउँदै अन्य एड्भान्स प्रविधियुक्त उपकरण उत्पादन गर्ने योजना अघि सारेको छ। केही समयअघि केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवसँग भेटघाटका क्रममा सामसङ दक्षिण पश्चिम एसियाका अध्यक्ष जेबी पार्क र कर्पोरेट उपाध्यक्ष एसपी चुनले भारतमा उत्पादन विस्तारको चर्चा गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्रेटर नोएडास्थित यो सामसङ कारखाना सन् १९९६ मा स्थापना भएको हो र भारतमा स्थापित प्रारम्भिक अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स उत्पादन केन्द्रहरूमध्ये एक मानिन्छ।

यसै वर्षको सुरुमा मोबाइल अनुभव विभागका प्रमुख टीएम रोहले भारतमा ल्यापटप उत्पादनको तयारी भइरहेको जनाएका थिए। सामसङ भारतमा एप्पलपछि दोस्रो ठूलो ह्यान्डसेट निर्यातकर्ता हो। हाललाई भारतीय बजारको मागलाई धान्नका लागि मात्रै उत्पादन थालिएको इन्डियन टाइम्सले लेखेको छ ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार सामसङ मूल्य र संख्याको आधारमा भारतमा दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड हो। यद्यपि, ल्यापटप बजारमा भने उसले खासै प्रभाव जमाउन सकेको छैन। नयाँ उत्पादनले उक्त क्षेत्रमा कम्पनीको उपस्थिति बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सामसङले भारतमै थाल्यो ल्यापटपको उत्पादन | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस