National life

सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्नु आवश्यक छ : धवल समशेर जबरा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
742Shares
सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्नु आवश्यक छ : धवल समशेर जबरा
ncell

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्नु आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले यस्ताे बताउका हुन् ।

उनले सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्न नसकेमा नेपालमा समस्या आउन सक्ने सम्भावनाहरु देखा परिरहेको बताए। ‘अब ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्‍यो’, उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताए। सांसद जबराले देशमा धार्मिक द्वन्द्व हुनसक्ने खतरालाई औँल्याउँदै संवेदनशील जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

जबराले सामाजिक सञ्जाललाई नियमन गरेर ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने बताए।

उनले भने, ‘इजरायलमा हुने संकटले नेपालमा पनि संकट ल्याउन सक्ने सम्भावना देखा परिरहेको छ। दुई समुदायबीच भनाभन र इजरायलको कुरालाई लिएर नेपालका दुई धार्मिक समुदायबीच टिका, टिप्पणी भइसकेको छ, यसकारण हामीले संवेदनशील जिल्लाहरुमा टिकटक, रिल लगायत अरु माध्यमलाई जिल्ला प्रशासनले केही दिनका लागि निषेधको व्यवस्थासहितको अधिकार मिलाउँदा राम्रो होला।’

 

 

यो समाचार शेयर गर्नुहोस्
742SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?