काठमाडौँ । अर्थ मन्त्रालयले आगामी महिना साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र जारी गरेको छ।
मन्त्रालयले आइतबार मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र जारी गरेको हो। आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो।
सोही अनुसार असार २७ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको मन्त्री स्तरीय निर्णयप्रति मन्त्रालयले परिपत्र गरेको हो।
योसँगै अब साउन १ देखि हुने भुक्तानी विद्युतीय प्रणालीबाट अनिवार्य हुनुपर्नेछ।



































