National life
cg eloctronics

सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
591Shares
सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतको आदेश
ncell

काठमाडौँ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

पौडेलमाथि केन्द्रबाट आर्थिक वर्ष २०७६/७७ मा ‘हाइ कम्प्युटर इन्फास्ट्रक्चर’खरिद गर्दा गुरुयोजना बिना मिलेमतोमा महँगो मूल्यमा गुणस्तरहीन उपकरण खरिद गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

पौडेलसहित केन्द्रका चार कर्मचारी, ठेकेदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि र त्यसका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध आयोगले १५ करोड ८८ लाख रुपैयाँ बराबर जरिवाना माग गरेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?