National life

नेप्से परिसूचक २९७४ बिन्दुमा : उत्साहित लगानीकर्ता , कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ साउन २०८२, मङ्गलबार
446Shares
नेप्से परिसूचक २९७४ बिन्दुमा : उत्साहित लगानीकर्ता , कारोबार कति ?
ncell

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ८१.७७ अंकले बढेर २९७४.५० को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ । आज ट्रेड टावर लिमिटेड, सिभम् सिमेन्टस र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

सेयर बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ । आज सबैभन्दा नेपाल रिइन्स्योरेन्स (पुर्नबीमा) कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको ६८ करोड ८३ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ५६ करोड १ लाख २८ हजार रुपैंया, बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?