National life

सेयर बजारमा लगातार ३ दिन गिरावट : ८ उपसूचक राताम्य, कारोबारमा भने सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
497Shares
सेयर बजारमा लगातार ३ दिन गिरावट : ८ उपसूचक राताम्य, कारोबारमा भने सुधार
ncell

काठमाडौं। सेयर बजारको घट्दो यात्राले बुधबार पनि निरन्तरता पाएको छ । आजसहित बजार लगातार ३ दिन घटेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६१ अकंले घटेर २६२६.३६ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
आज ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोडको शेयर कारोबार भएको हो।

बुधबार ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। आज ५ उपसूचकमा हरियाली देखिए पनि ८ उपसूचक राताम्य भएका छन् । यसदिन १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३६ कम्पनीको बढेको हो ।

नेपाली शेयर बजार महिनौँदेखि साइडवेज ट्रेन्डमा चलिरहेको छ, जसका कारण लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजार २५ सयदेखि २८ सय बिन्दुको सीमामा अड्किँदा लगानीकर्तालाई ‘वेट एन्ड वाच’ स्थितिमा देखिएका छन् ।

बैंकको ब्याजदर घटिरहेको, तरलता प्रशस्त रहेको र सेयर धितो कर्जामा प्राथमिकता दिइँदै आएको अवस्थामा पनि बजारमा उत्साह देखिएको छैन ।

 

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?