National life

सेयर बजारमा सुधारको संकेतः ९ अर्ब बढीको कारोबार, ११ सूचकमा बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
570Shares
सेयर बजारमा सुधारको संकेतः ९ अर्ब बढीको कारोबार, ११ सूचकमा बढोत्तरी
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन सेयर बजारले सकारात्मक लय तय गरेको छ । निरन्तर घटेको बजारमा आइतबार नेप्से सूचक १९.५६ विन्दुले बढेर २६९८.०३ अंकमा आइपुगेको छ।

Royal Enfield
nic asia capital

३०९ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको भएको यस दिन ९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै आज, ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् । आज सबैभन्दा बढी फाइनान्स समूहको कारोबारमा चमक देखिएको छ ।

आज बैंकिङ क्षेत्रको ०.९८, विकास बैंक तर्फ ०.०८, होटल तथा पर्यटन तर्फ १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशत शेयर कारोबार बढेको छ ।

आज सूचकसँगै कारोबार रकम पनि बढेको हो । सेयर बजार सुधारका लागि बैंक ब्याजदर मुख्य मानिन्छ हाल कम ब्याजदर र मुलुकको समग्र अर्थतन्त्रको अवस्थामा सुधार हुन उन्मुख रहेको कारण शेयर बजारले लय समाउने विश्लेषकहरूको भनाई छ ।

अधिक तरलताका कारण बैंक ब्याजदर न्यून विन्दुमा आइसकेको छ । अब यसलाई सपोर्ट हुने गरी अर्थतन्त्रका सूचकहरू पनि क्रमशः सबल बन्न थाले भने सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिन थाल्ने जानकारहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?