National life

सेयर बजारमा ८१ साललाई फर्केर हेर्दा: के-के भयो वर्ष भरी ? कुन कुन संस्थाले पायो नयाँ नेतृत्व ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ वैशाख २०८२, सोमबार
498Shares
सेयर बजारमा ८१ साललाई फर्केर हेर्दा: के-के भयो वर्ष भरी ? कुन कुन संस्थाले पायो नयाँ नेतृत्व ?
ncell

काठमाडौँ । विसं २०८१ बिदाइ भएसँगै सेयर बजारले समेत अघिल्लो वर्षको लागि बिदाइ लिएको छ । वैशाख २ गते खुल्ने शेयर बजारले नयाँ वर्षको नयाँ यात्रा प्रारम्भ गर्ने भएको छ ।

अघिल्लो वर्षको अन्तिम कारोबारको दिन चैत चैत्र ३१ गते आइतबारका दिन नेप्से परिसूचक २६६२.०८ विन्दुमा रोकिएर बन्द भएको छ ।

Royal Enfield
nic asia capital
उक्त दिन ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०८१ सालको पहिलो कारोबारको दिन वैशाख २ गते नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.०० बिन्दुमा झरेर बजार खुलेको थियो। त्यसको ठीक एक वर्षपछि, चैत ३१ गतेको अन्तिम कारोबारमा नेप्से ८.६२ अंकले घटेपनि २६६२.०८ बिन्दुमा आएर बजार बन्द भएको छ। यो अवधिमा सूचक ६३६.७८ अंकले उक्लिएको हो।

वर्षभरिको आँकडालाई हेर्दा र आधार मान्दा यो अघिल्लो वर्ष सेयर बजारको लागि केही उपलब्धिमूलक रहेको मान्न सकिन्छ। थोरै समय भएपनि बजार बुलिस चक्रमा अघि बढेको थियो । वर्षभरिको अधिकांश समय नेप्से परिसूचक साइडवेज नै घुमिरह्यो । तथापि, केही दिनको कारोबारमा सकारात्मक सर्किट लागेर बजार बढ्दा लगानीकर्तामा आशाको सञ्चार पनि भएको थियो ।

अघिल्लो वर्षको अन्तिम भागमा आएर नेप्से सूचक ३ हजार आसपाससम्म पुग्न सफल भएको थियो। तर लामो समयदेखि नेप्से २५–२९ सय विन्दुको बिचमै घुमिरहेको कारण लगानीकर्तामा पर्ख र हेरको अवस्था आएको देखिन्छ  । उसो त वर्षभरिको आकडालाई आधार मानेर हेर्ने हो भने  मन्दीको प्रत्यक्ष असर  र मारमा सेयर बजार समेत बाकी रहेन । तथापि, केन्द्रीय बैंक गत वर्ष भने सेयर बजारको लागि केही लचक बनेको देखिन्छ । सेयर बजारका संस्थागत लगानीकर्ताका लागि लगाइएको सेयर धितो कर्जामा २० करोडको क्याप खारेज गरिएको थियो। यो सेयर बजारको लागि सकारात्मक भएको लगानीकर्ताहरूको धारणा छ ।

साथै, गत वर्ष नै नेप्सेमा सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले समस्याग्रस्थ घोषणा गरेर कारोबार रोक्का गरिदिएको छ । २०८१ मै सरकारसँगै पुँजी बजारको नियामक निकाय र यो सँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले नयाँ नेतृत्व पाएको छ । साथै, करिब १ वर्षदेखि नेतृत्वविहीन बनेको नेपाल धितो पत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठले गत वर्षको अन्तिम समयमा आएर नियुक्ती हुन् ।

यता, ४ महिनादेखि रिक्त धितो पत्र कारोबार राफसाफ कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रविन पन्दाक नियुक्त भएकी छन् । यो पनि पुँजी बजारको लागि सकारात्मक हो ।

त्यस्तै, साथै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि नयाँ सीइओ पाएको छ । सीइओमा चूडामणि चापागाईँ नियुक्त भएका छन् । त्यस्तै, नेपाल बिमा प्राधिकरणले पनि नयाँ अध्यक्ष पाएको छ । शरद ओझाले बिमा प्राधिकरणको नेतृत्व सम्हालेका छन् ।

२०८१ भित्रै पूराना र नयाँ ब्रोकर एसोसिएसनहरु एकआपसमा मर्ज भएर नयाँ नेतृत्व चुनेको छ । अध्यक्षमा सागर ढकाल आएका छन् । साथै, नेपाल बैंकर्स एसोसिएसनले पनि नयाँ नेतृत्व पाएको छ । माछापुच्छ्रे बैंकको सीइओले अध्यक्षको जिम्मेवारी पाएका छन् । साथै, ब्रोकर मर्जरसम्बन्धी निर्देशिका यसै वर्षदेखि कार्यान्वयनमा आएको छ । धितो पत्र बोर्डले आगामी असार मसान्तसम्ममा ब्रोकर कम्पनीको पुँजी २० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ ।

यता, वर्षको सुरुवातदेखि नै रहेको अधिक तरलताको अवस्था वर्षको अन्तिमसम्म पनि कायम रहेको छ । घट्दो ब्याजदरले अझै निरन्तरता पाउने बैंकरहरुले बताउँदै आएका छन् । गत वर्ष २०८१ लाई हेर्दा समग्रमा शेयर बजारका लागि सन्तोषजनक अवस्था देखिए पनि सुधार गर्नुपर्ने पक्ष धेरै बाकी रहेको लगानीकर्ताको धारणा छ ।

समग्रमा २०८१ को अन्तिम समयमा शेयर बजारमा अपेक्षा अनुरूपको बढोत्तरी आउन नसकेको भए पनि यस वर्ष २०८२ सालमा पुँजी बजारको लागि राम्रो हुने अपेक्षा रहेको लगानीकर्ताहरूको धारणा छ । केन्द्रीय बैंकले २०८२ सालमा नै नयाँ गभर्नर पाउने भएकाले पनि पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ता, विश्लेषकहरूको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?