National life

स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक थापालाई गृहमन्त्री लेखकको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
509Shares
स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक थापालाई गृहमन्त्री लेखकको निर्देशन
ncell

काठमाडौँ । स्पेन भ्रमणबारे विवाद उत्कर्षका आएपश्चात् उक्त विषयमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयको सचिवालयका अनुसार स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो ?, अरूहरू कुन संस्थामार्फत कसरी गए ?, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो ? , कसको समन्वयमा गए ? भन्ने विषयमा छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो।

Royal Enfield
nic asia capital
यसमा कोही दोषी देखिए कारबाही गरिने सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।

स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेका थिए।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?